धरान । १९ दिनदेखि अनशनरत डा.गोविन्द्र केसीका मागप्रति सरकार उदासिन रहेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका डाक्टरहरू अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् ।
प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका अध्यक्ष डा. कविराज पौडेलको नेतृत्वमा डाक्टरहरू विरामी जाच्न छाडेर आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले डा. केसीका जायज मागलाई सम्बोधन नगरेर बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको उनीहरुको आरोप छ । विपीका डाक्टरहरूले आकस्मिक सेवा बाहेकका सबै काम छाडेर प्रतिष्ठानको जनरल ओपीडी अगाडि धर्ना सुरु गरेका हुन्।
जुनियर चिकित्सकहरुले ओपीडी, वार्डमा समेत काम बहिष्कार गरी आन्दोलनमा उत्रिएपछी प्रतिष्ठानमा उपचराका लागि भर्ना भएका र उपचार गर्न आउने सयौं मारमा परेका छन्।
प्रकाशित १३ माघ २0७५ , आइतबार | 2019-01-27 08:56:16
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार