सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य विमा कार्यक्रम लागू गरेकोे हो ।
कार्यविधिमा पत्रकार बिरामी भएमा, घाईते भएमा, पूर्ण रुपमा अपाङ्गता भएमा र मृत्यु भएमा बीमाको सुविधा पाउने छन् भने बिमित पत्रकारको मृत्यु भएमा इच्छाएको व्यक्तिले पाँच लाखसम्मको बीमा सुविधा पाउने छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारलाई बीमा सेवा दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । मन्त्री भण्डारीका अनुसार अहिले पाँचलाख सम्मको पत्रकार स्वास्थ्य बीमा प्रदेश सरकारले कार्यविधि बनाएको छ ।
प्रकाशित १८ मङ्गसिर २0७५ , मङ्गलबार | 2018-12-04 08:43:01
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार