काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले मुटु रोगको सचेतनाबारे किर्तिपुरको पांगामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको अस्पतालले बताएको छ । कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले सहभागीहरूलाई मुटु सम्बन्धी जानकारी एवम् सल्लाह दिुनुभएको थियो । १ सय जना ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा डा.जोशीले आजको समयमा जीवन शैली नै धेरै रोगको कारण भएकाले यसमा विशेष ध्यान दिन सुझाव दिनु भएको थियो ।
प्रकाशित २२ आश्विन २0७५ , सोमवार | 2018-10-08 10:42:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार