ललितपुर । प्राकृतिक प्रकोप तथा आपत्कालीन दुर्घटनाबाट जोगिने पूर्व तयारी एवम् दुर्घटनापछिको उद्धार र उपचार व्यवस्थापनका लागि नेपाल मेडिसिटी अस्पतालले ‘डिजास्टर ड्रिल’ कार्यक्रम सम्पन्न गरेको छ । जुनसुकै बेला आइपर्ने प्रकोपको जोखिम न्यूनिकरणका लागि नेपाली सेना तथा अमेरिकन आर्मीको सहयोगमा अस्पतालले शुक्रबार कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
जुनसुकै बेला पनि आइपर्ने प्रकोप र त्यसको जोखिम न्यूनिकरणका लागि यो महत्वपूर्ण कार्य रहेको र अस्पताल यस सवालमा सधै तयारी अवस्थामा रहनुपर्ने भएकाले नमूना अभ्यास सम्पन्न गरिएको नेपाल मेडिसिटी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सञ्जय कार्कीले बताए ।
आकस्मिक अवस्थामा सेना र स्वास्थ्यकर्मीको समन्वय अत्यन्तै आवश्यक रहेकाले यस अभ्यासले सो किसिमका परिस्थितीमा नहड्बडाई काम गर्न आह्वान गरेको अस्पतालका महा–प्रबन्धक विजय रिमालले जानकारी दिए ।
बिहीबार नारायणहिटी क्याम्पमा काल्पनिक अवस्थाको परिकल्पना गरिएको भूकम्पका घाइतेलाई नेपाल मेडिसिटीमा आकस्मिक उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा अस्पतालको मेडिकल टिमले सम्पूर्ण आवश्यक चिकित्सक, नर्स, औषधि, जनशक्ति र प्रविधिको व्यवस्थापन गरिएको थियोे ।
अस्पतालमा उपस्थित अमेरिकन आर्मी तथा नेपाल अर्मीका प्रतिनिधि टोलीले नेपाल मेडिसिटी अस्पतालले ड्रिलका क्रमममा सक्रियताका साथ कार्य सम्पन्न गरेकोमा खुशी व्यक्त गरेको छ ।
प्रकाशित १४ आश्विन २0७५ , आइतबार | 2018-09-30 12:40:23
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार