काठमाडौँ । एएफसी अण्डर १६ महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का दौरान नेपाल मेडिसिटी अस्पतालले उपचार तथा ग्राउण्ड सपोर्टका लागि सेवा प्रदान गर्ने भएको छ । मंगलबार एन्फासँग भएको सम्झौता मुताबिक अस्पतालले असोज ३ देखि ७ सम्म यस्तो सेवा प्रदान गर्ने छ । सम्झौतामा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् ।
एएफसी अण्डर १६ महिला फुटबलको छनौटका लागि समुह ‘इ’ अन्तर्गत हलचोक मैदानमा जारी खेलमा नेपाल लगायत म्यानमार, फिलिपिन्स र मलेसियाको सहभागिता रहेको छ । खेलाडीहरूको उपचारका लागि नेपाल मेडिसिटीको अत्याधुनिक एसिएलडब्लु एम्बुलेन्स, मोबाइल क्लिनिक, प्यारामेडिक्स सहितको मेडिकल टिम मैदानमा तयारी अवस्थामा रहेको छ । साथै मैदानमा घाइतेहरुको आकस्मिक उपचार गरिने र आवश्यक परेको खण्डमा अस्पतालमै पु¥याएर सेवा दिने व्यवस्था मिलाइएको छ ।
असोज ३ गतेदेखि ७ गतेसम्म जारी रहने खेलमा हरेक किसिमको उपचार दिन अस्पताल तयार रहेको महाप्रबन्धक रिमालको भनाई छ । मैदानमा दुर्घटना निम्तिएको अवस्थामा विशेष उपचारको लागि आपूmहरु पूर्णरुपमा तयार रहेको रिमालले बताए । नेपालको सहभागिता रहेको अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको मेडिकल पार्टनर बन्न पाउँदा उनले खुसी व्यक्त गरे ।
प्रकाशित ४ आश्विन २0७५ , बिहिबार | 2018-09-20 03:52:10
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार