काठमाडौँ । प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेड र चितवनस्थित आई.एस.एम.ई कलेज अफ मेडिकल साईन्स भरतपुरबिच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस स्वास्थ्य विमा अन्तर्गत अस्पताल र ईन्स्योरेन्स कम्पनीले सम्पूर्ण नेपालीलाई क्यासलेस सुविधामार्फत् सहज र सुलभ सेवा प्रदान गर्ने योजना बनाएका छन् ।
सम्झौता पत्रमा प्रिमियर ईन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा मेडिकल कलेजकोतर्फबाट अध्यक्ष तथा कार्यकारी निर्देशक नगेन्दर के. पम्पतीले हस्ताक्षर गरेका छन् । अब प्रिमियर ईन्स्योरेन्सबाट औषधीउपचार सम्बन्धी बीमालेख खरिद गर्ने ग्राहकले बीमालेख सुविधाको आधारमा आई. एस.एम.ई कलेज अफ मेडिकल साईन्सबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा प्रिमियरका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस सहकार्यबाट आम नेपालीको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुनेमा आफु विश्वस्त रहेको जानकारी गराए । त्यसैगरी, मेडिकल कलेजका अध्यक्ष पम्पतीले नेपालमा पनि नगदरहित स्वास्थ्य सेवाको आवश्यकता देखिएको कारण यस्तो कदम चालिएको बताए ।
प्रकाशित ११ भाद्र २0७५ , सोमवार | 2018-08-27 01:48:50
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार