काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहित सेवा ग्राहकले उपचारका लागि उपचार भर्ना भएको अवस्थामा उपभोग गर्न पाउने छन् ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले एक समारोहबीच यस्तो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, लुम्बिनी जनरल इन्स्योरेन्समा आबद्ध ब्यक्तिहरुलाई स्वास्थ्य बीमाका माध्यमबाट क्यासलेस सेवा उपलब्ध हुने बताए । स्वास्थ्य बीमाका माध्यमबाट नागरिकहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको उनको भनाई थियो ।
इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रधानले अस्पतालको सेवाबाट आफु प्रभावित भएको बताए । त्यस्तै, अस्पतालसँग दिगो रुपमा काम गर्र्ने अपेक्षा रहेको इन्स्योरेन्स कम्पनीका डेपुटी सिइओ राम चन्द्र श्रेष्ठको भनाई थियो ।
प्रकाशित ११ भाद्र २0७५ , सोमवार | 2018-08-27 01:09:50
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार