काठमाडौं । जनैपूर्णिमा एवम् रक्षा वन्धनको अवसरमा ऐन्जल्स हेल्थ केयरले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार सम्पन्न शिविरमा ५ सयभन्दा वढी व्यक्तिले स्वास्थ्य जाँच गरेका संस्थाले बताएको छ ।
बुढानीलकण्ठ गोल्फुटारमा रहेको ऐन्जल हेल्थ केयरले दीर्घायु गुरू हस्पिटल एण्ड रिसर्च सेन्टर र द न्यूट्रेसन केयर प्रालिको सहयोगमा शिविर सञ्चालन गरेको हो । निःशुल्क रक्त परीक्षण समेत गरिएको शिविर बिहान ८ देखि दिउसो १ बजेसम्म सञ्चालन भएको थियो ।
आवासीय नर्सिङ्ग सुविधा सहितका विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको ऐन्जलले सामाजिक सेवा अन्तर्गत निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको संस्थाकी सञ्चालिका प्रेरणा मैनालीले बताइन् ।
प्रकाशित १0 भाद्र २0७५ , आइतबार | 2018-08-26 01:51:05
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार