नेपाल मेडिसिटी अस्पताल तथा भक्तपुरको नागरिक अस्पतालबिच आईतबार विशेष सम्झौता भएको छ । सम्झौतामा मेडिसिटीकोतर्फबाट अपस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् भने नागरिककोतर्फबाट अस्पतालका प्रबन्धनिर्देशक नागेन्द्र झाले हस्ताक्षर गरेका छन् । यससँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको नागरिक अस्पतालका प्रबन्धनिर्देशक नागेन्द्र झाले बताए ।
मेडिसिटीका महाप्रबन्धक रिमालले अस्पतालहरुबिच हुने यस प्रकारका समन्वयले स्वास्थ्य क्षेत्रमा निकै नै सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थाबिच बलियो समन्वय स्थापित गरी सहकार्य गर्दै क्षमता अभिवृध्दि गर्ने तथा जटिल रोगहरुको उपचारमा एक अर्कालाई साथ दिने हाम्रो मुख्य उद्देश्य हो ।’
सम्झौता अनुसार, सम्भव भएको उपचार नागरिक अस्पताल मै गर्ने र थप उपचार आवश्यक परेको खण्डमा मेडिसिटीसँग सहकार्य हुनेछ ।
प्रकाशित २१ साउन २0७५ , सोमवार | 2018-08-06 03:52:45
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार