काठमाडौं । प्रसिद्ध अमेरिकी येल न्यू हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले काठमाडौंमा तीन दिने क्यान्सर रोग सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन गर्ने भएको छन् । आइतबार पत्रकार सम्मेलन गरेर मेडिसिटीले सो सम्बन्धी जानकारी दिएको हो ।
साउन १४ देखि १६ गतेसम्म नेपाल मेडिसिटी अस्पताल भैंसेपाटीमा आयोजना हुने कार्यशालामा स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा चर्चा हुने मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिल कुमार शर्मा ढकालले जानकारी दिए । ‘मेडिसिटी– येल ब्रेस्ट एण्ड इसोफेगस कन्क्लेभ’ नाम दिइएको उक्त कार्यशालामा सहभागी हुन अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ जना विशेषज्ञ टोली काठमाडौं आएको छ ।
‘उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु’मूल नारा सहित यस विशेष समारोहमा नेपालका करिब २ सय भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्य चिकित्सक, फिजिसियन, रेडियोलोजिष्टको उपस्थिति रहने छ । सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया,किमोथेरापी, दुखाइ व्यवस्थापन लगायत शल्यक्रिया एवं उपचारबारे बृहत छलफल गरिने छ ।
स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारणका माध्यमबाट जानकारी आदान प्रदान गरिने छ । सर्जिकल, मेडिकल, रेडिएसन, क्यान्सर विशेषज्ञ र क्यान्सर सम्बन्धी अन्य सबै विशेषज्ञका लागि सो सम्मेलन फलदायी हुने मेडिसिटीले अपेक्षा राखेको छ । सम्मेलनमा बोल्दै ढकालले भने, ‘नेपालीहरुका लागि नेपाल मै सुलभ मुल्यमा स्तन क्यान्सरको उपचार सम्भव छ ।’
प्रकाशित १३ साउन २0७५ , आइतबार | 2018-07-29 12:00:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार