काठमाडौं । भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले बालाबालिकाले प्रयोग गर्ने खेलौनामा हानिकारक रसायन भेटिएको बताएका छन् । विभिन्न नाकहरूबाट भित्रिने त्यस्ता खेलौनाले बालबालिका स्वास्थ्यमा हानी पुर्याउने भएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए । सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । बालबालिकाको खेलौनामा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको हुनुपर्नै उनको भनाइ छ ।
सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहको सभापतित्वमा आयोजित कार्यक्रममा उनले भने,‘बालबालिकालाई इंगित गरेर आयात गरिने खेलौनाहरुको गुणस्तर र मापदण्ड परिक्षण गरेरमात्रै आयात गर्ने गरेका छौं, वातावरणीय प्रभाव र असरसँगै बालबालिको स्वास्थ्यमा पार्ने प्रभावका बारेमापनि सरकारको तर्फबाट भन्सार विभागले निरन्तर सचेतनामूलक कामहरु गर्दै आएको छ ।’
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आयात गरिने खेलौनाहरुको परीक्षणमा सरकार कडाईका साथ रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् । उनले भने,‘हाम्रो देशमा खेलनौहरुको उद्योगहरु नगन्ने रुपमा छन्, जतिपनि खेलौनाहरुको ब्यापार भैरहेको छ, बाहिरबाट आयात गरेरै भएको छ, यसमा सरकार, व्यापारी र उपभोक्ताहरुले ध्यान दिनुपर्छ, तीन पक्षले खेलौनामा हुने रसायनलाई ध्यानमा राखेर आफ्ना सन्ताहरुको खुशीलाई ध्यान दिनुपर्छ ।’
प्रकाशित ७ साउन २0७५ , सोमवार | 2018-07-23 01:25:15
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार