काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्घोष गरेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो चेतावनी दिएकी हुन् ।
उनले भनिन्,‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु ।’ नेपालको संविधानको मौलिक हकमा नै आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको बताउँदै मन्त्री अर्यालले सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह ः एक अस्पताल’ को कार्यक्रम आउने जानकारी दिइन् ।
मन्त्री अर्यालले स्थानीय तहलाई औषधि खरिदका लागि दिइएको रकम सदुपयोग गर्न तरिकामा अन्योल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएको पनि गुनासो पोखिन् । उनले भनिन्,‘आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पु¥याइनेछ, सबै वडामा स्वास्थ्य ईकाइ खडा गर्न प्राथमिकता दिइनेछ ।’
सर्वसाधारणलाई ढाड सेक्नेगरी आफूखुशी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारण र कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आफूले परामर्श शुरु गरेकोपनि मन्त्री अर्यालले जानकारी दिइन् । उनले अघि थपिन्,‘ती अस्पतालले लिने शुल्क निर्धारण गरिएका आधारमा हुन्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो सेवाग्राहीले थाहा पाउनेगरी पारदर्शी रूपमा टाँस्न पनि निर्देशन दिन्छु ।’
त्यस्तै उनले औषधीको मुल्य फरक–फरक पाईएकोले अब एउटै दर रेट कायम गर्नेपनि विश्वास दिलाईन् । उनले औषधीको अभाव नहुने विश्वास दिलाईन् । उनले थपिन्,‘अहिले हामीसँग ९ वटा मेडिकल स्टोर छन्, जहाँ औषधी अभाव हुन्छ, हामी पुर्याउँछौं ।’
प्रकाशित २६ बैशाख २0७५ , बुधबार | 2018-05-09 02:23:59
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार