एजेन्सी/भारतमा लकडाउन खुलेपछि कोरोना संक्रमण झन फैलिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भएको पुष्टि हुने गरेको छ ।
शुक्रबार त्यहाँ १८ हजार १८५ नयाँ संक्रमित भेटिएका छन् । यो एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो ।
भारतमा निको हुने संक्रमितको संख्या पनि उच्च छ । अहिलेसम्म दुई लाख ९५ हजार ९१७ जना निको भएका छन् । एक लाख ९० हजार १९१ जना उपचाररत छन् ।
। अहिलेसम्म कोरोनाबाट भारतमा कूल १५ हजार ६८९ जनाको मृत्यु भएको छ । शुक्रबार ३८१ जनाको मृत्यु भयो । मृत्यु हुनेको संख्या अघिल्ला तीन दिनभन्दा शुक्रबार घटेको छ । गत मंगलबार त्यहाँ एकैदिन ४६८ जनाको मृत्यु भएको थियो ।
प्रकाशित १३ असाढ २0७७ , शनिबार | 2020-06-27 05:40:53
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार