एजेन्सी/कोरोना भाइरसबाट विश्वभर संक्रमितिको संख्या ५५ लाख नजिक पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार ५४ लाख ९३ हजार ४ सय ८२ पुगेको छ ।
जसमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार पुगेको छ भने कोरोनबाट निको हुनेहरूको संख्या २२लाख ३१ हजार ७ सय ३८ रहेको छ । कोरोन सिकार सबैभन्दा वढी युरोपेली देशहरू भएका छन् । अमेरिका सबैभन्दा वढी प्रभावित भएको छ । अमेरिकामा १६ लाख ६२ हजार ३ सय ७५ कोरोना संक्रमित भएकोमा ९८ हजार २ सय १८ जनाको निधन भएको छ ।
जनसंख्यामा चीनपछि दोस्रो भारतमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । भारत संक्रमित देश सूचीमा दशौं स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ । मृत्यु हुनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ ।
विश्वका दश देश जो सबैभन्दा वढी प्रभावित भएका छन् ।
देश संक्रमति मृत्यु हुनेको संख्या
अमेरिका १,६६२,३७५ ९८,२१८
ब्राजिल ३७४,८९८ २३,४७३
रूस ३५४,४२७ ३,६३३
ब्रिटेन २६२,५४७ ३६,९९६
स्पेन २३५,४०० २६,८३४
इटली २३०,१५८ ३२,८७७
फ्रान्स १८३,०६७ २८,४६०
जर्मनी १८०,६०० ८,३०९
तुर्की १५७,८१४ ४,३६९
भारत १४४,९५० ४,१७२
प्रकाशित १३ जेठ २0७७ , मङ्गलबार | 2020-05-26 04:22:43
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार