कराँची/एपी । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा १ सय ७ जनाको मृत्यु भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० दुर्घटनामा परेर विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिर दुःख व्यक्त गरेका छन् । प्राविधिक त्रुटिका कारण विमान दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्ति गर्दै उहाँले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरलेका अनुसार दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराचीतर्फ आइरहेको थियो । विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुग्नु अगाडी नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथ्ये ।
प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुको भनाई छ । घटनास्थलमा प्रहरी, सैनिक, स्वयमसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयमसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।
प्रकाशित ९ जेठ २0७७ , शुक्रबार | 2020-05-22 01:28:07
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार