ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्।
उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो।
अब मानिसमा उक्त खोपको परीक्षण हुने बताइएको छ।
अनुसन्धानको प्रतिवेदनमा वैज्ञानिकहरूले ती बाँदरको शरीरमा ठूलो परिमाणमा कोरोनाभाइरस प्रवेश गराउनुअघि उक्त खोप लगाएका थिए।
खोपका कारण बाँदरको शरीरमा १४ देखि २८ दिनभित्र एन्टीबडी बनेको र त्यसले कोरोनाभाइरसको प्रतिकार गरेको बताइएको छ।
अहिले विश्वका विभिन्न देशमा विभिन्न किसिमका खोप विकास गर्ने र परीक्षण गर्ने काम भइरहेको छ। बिबिसी नेपाली सेवाबाट
प्रकाशित २ जेठ २0७७ , शुक्रबार | 2020-05-15 08:22:27
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार