एजेन्सी/कोरोनाभाइरस संसारबाट कहिले पनि नहराउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले दिएका छ ।
सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन्। उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने औंल्याएका छन् ।
संसारभरि अहिलेसम्म कोरोनाभाइरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ भने ४३ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। डा. राएनले बुधवार इन्टरनेट मार्फत गरिएको भर्चुयल प्रेस सम्मेलनमा बोल्दै भने, ‘यो कुरा थाहा हुनु आवश्यक छ, कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।’
उनले भने, ‘एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ।’ अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए। ]
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने प्रयत्न गरे यो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका छन्। उनले भने, ‘यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो।’
प्रकाशित १ जेठ २0७७ , बिहिबार | 2020-05-14 08:32:58
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार