४१ दिनपछि रक्सी पसल खुलेपछि...

   ४१ दिनपछि रक्सी पसल खुलेपछि...

एजेन्सी/विश्व अहिले कोरोना महामारीको चपेटा छ,संसारभरका सरकारले कोरोना नियन्त्रण गर्ने उपाय खोज्दै नागरिक सुरक्षाको प्रयत्न गरिरहेका छन् । तर,मनमौजी दुनियाँ भने आफ्नै सुरमा छ । सोमबार जनसंख्यामा संसारकै दोस्रो ठूलो राष्ट्र भारतका अगाडि पनि मनमौजी दुनियाँले कमाल गरेका छन् । ती हुन कोरोना संकटमा रक्सीका पारखी ।  

भारत सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी राखेको छ  । तेस्रो चरणको लकडाउन सोमबारबाट केही खुला गरिएको थियो । ४१ दिनपछि रक्सी पसल खुलेपछि  सबैभन्दा वढी चर्चा छ, रक्सीको बिक्रीबितरणको ।

रक्सी पसल खुलेसँगै राजधानी दिल्ली लगायत विभिन्न राज्यमा किन्नेहरूको भीडसहितका समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि रेड,ग्रीन र अरेन्ज गरी तिन क्षेत्रमा कायम गरेको छ । सामाजिक दूरी कायम गरेर बिहान ७ बजेदेखि बुलुका ७ बजेसम्म रक्सी पसल खोल्न पाउने निर्णय लागु गरिएको छ । व्यक्तिगत दूरी ६ फिट कायम गर्ने भनिएको छ,एक पटकमा पाँच जना भन्दा वढी व्यक्तिसँगै भेला हुन नपाउने भनिएको छ । तर,तस्वीरमा यसको पालना भएको देखिदैन् ।   भारतीय सञ्चार माध्यमहरूले रक्सी किन्दै गरेका मानिसको लाइन चिन्ताको विषय भएको टिप्पणी गरेका छन् ।

वीवीसीले जनाए अनुसार कुनै–कुनै पसलमा बिहानै एक किलोमिटरसम्म मानिसहरू लामवद्ध भएका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।  राजधानी दिल्लीका कयौं पसलमा रक्सी किन्नेको लाइन देख्न सकिन्थ्यो । रक्सीका पारखीहरू कोरोनाबाट जोगिन माक्स लगाउँदै रक्सी किन्न लाइनमा बसेका देखिन्थे ।

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला