भारतमा थप दुइ साता लकडाउन,ग्रीन जोनमा केही खुकुलो

भारतमा थप दुइ साता लकडाउन,ग्रीन जोनमा केही खुकुलो

काठमाडौं । छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारतीय केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै ४ देखि १७ मे अर्थात जेठ चार गतेसम्म लकडाउन गर्ने जनाएको छ ।

लकडाउनको अवधिमा गृहमन्त्रालयको विशेष अनुरोधमा बाहेक हवाई,जहाज,रेल सेवा,वस सञ्चालन नहुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । शिक्षणसंस्था,स्कूल कलेज लकडाउन अवधिभर बन्द रहेने गृह मन्त्रालयले जनाएको छ । ६५ वर्षभन्दा माथिका नागरिक,गर्भवती र १० वर्षमूनिका बालाबालिकालाई घर बाहिर नजान मन्त्रालयले आदेश दिएको छ ।  

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ । आन्ध्र प्रदेशमा ६०, राजस्थानमा ५८, पश्चिम बंगालमा ३७, बिहारमा २५, कर्नाटकमा ११, हरियाणामा ८, ओडियामा ५ जना नयाँ सक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच भारतले थप गरेको लकडाउनको अवधिमा  विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ। ग्रीन जोनमा परेका ठाउँमा लकडाउन केही खुकुलो बनाइने जनाइएको छ । १ सय १० मध्ये ३० जिल्ला रेड जोनमा परेका छन् ।

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला