विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख ५८ हजार

                         विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख ५८ हजार

एजेन्सी/महामारीका रुपमा संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण वढ्दै गएको छ । कोरोना भाइरसबाट संसारभर मृत्यु हुनेको संख्या १ लाख ५४ हजार पुगेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार, शनिबार मध्याह्नसम्म संसारभर दुई सय १० देश तथा स्वशासित क्षेत्रमा कोरोना देखिएको छ। जहाँ २२ लाख ५८ हजार तीन सय ७८ जना बिरामी भएका छन्। जसमध्ये पाँच लाख ७५ हजार दुई सय ८५ जना निको भएर घर फर्केका छन्।

महामारीबाट विश्वकै शक्तिशाली मानिएको अमेरिका निकै प्रभावित भएको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट ३६ हजार ९ सय जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या सात लाख पुगेको छ ।

अमेरिकापछि कोरोना संक्रमण स्पेनमा फैलिएको छ । यहाँ १ लाख ९० हजार व्यक्ति संक्रमति भएका छन् भने महामारीबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । इटलीमा २२ हजार ७ सय ४५ जनाले कोरानाबाट ज्यान गुमाएका छन् भने १ लाख ७२ हजार संक्रमित भएका छन् ।

फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ४९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ७ सय पुगेको छ । बेलायतमा महामारीबाट १४ हजार ६ सयले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ९ हजार व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

यता भारतमा पनि कोरोना संक्रमण फैलिने क्रम रोकिएको छैन । दोस्रो पटक अप्रिल ३ तारिखसम्म देशभर लकडाउन गरेको भारत सरकारले कोरोना रोकथामलाई पहिलो सर्त ठानेको छ । तर, भारतमा संक्रमितको संख्या वढ्दै गएको छ । भारतमा कोरोनाबाट ४ सय ५२ जनाको मृत्यु भएको छ भने १३ हजार ८ सय ३५ जना संक्रमित छन् । पछिल्लो समय भारतमा २१ ज्ना नौ सेनाका जवानमा कोराना भाइरस देखिएको पुष्टि भारतीय मिडियाले जनाएका छन् ।

नेपालमा भने शनिबारसम्म कूल ३० जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला