दिल्लीमा फेरि केजरीवाल

  दिल्लीमा फेरि केजरीवाल

भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ । ७० सिट रहेको दिल्ली विधानसभामा सत्तारुड भारतीय जनता पार्टीलाई ठुलो धक्का पुग्ने देखिएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार ७० सिटमा आमआदमी ५८ सिटमा आगाडि छ भने भाजपाले १२ सिटमा अग्रता लिइरहेको छ।

तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न एक्जिट पोलले देखाएका थिए । चुनावी परिणामसँगै आपले दिल्लीमा विजय जुलुस निकाल्न शुरु गरेका छन् ।  दिल्लीको चुनाव परिणामले आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएका हुन्।

भाजपाले दिल्लीमा सङ्घीय गृह मन्त्री अमित सिंहको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो।  त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ। फेब्रुअरी ८ मा सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो।

दिल्लीको निर्वाचनलाई निकै साङ्केतिक रूपमा हेरिन्छ। अन्य राज्यमा जसरी त्यहाँका स्थानीय सरकारमा पूर्ण रूपमा प्रशासनिक शक्ति हुँदैन।

पछिल्लो कार्यकालमा त्यहाँको नेतृत्व गरेका आपका चामत्कारिक मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यलाई व्यापक स्वायत्तताको माग गरेका थिए।दिल्लीमा प्रहरीमाथिको नियन्त्रण, भूमि र कानुन कार्यान्वयन सङ्घीय सरकारको हातमा हुन्छ। मुख्यमन्त्री केजरीवाले सार्वजजिक शिक्षा र विकासको मुद्धामा विशेष जोड दिनुलाई नै चुनावी जितको कारक मानिएको छ । उनले एक वर्ष अघि देखि नै उम्मेदवार घोषणा गरेका थिए । चुनावमा उनका १० ओटा एजेण्डा थिए ।

केजरीवालले निशुल्क विजुली,पानी,शिक्षा,सुलभ स्वास्थ्यसेवा,रोजगारीको व्यवस्था,गरिबलाई आवासको व्यवस्था जस्ता जनताको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विषय चुनावी एजेण्डा बनाएका थिए । भाजपाले विशेषगरी त्यहाँ प्रदर्शन गरिरहेका हजारौँ मुस्लिम महिलाहरूलाई ‘देशद्रोही’ भन्दै उनीहरूले देशको विभाजनबाहेक केही नचाहेको आरोप लगाएको थियो। आपले भने दिल्लीमा आफूले गरेका काम र निर्वाचित भएका गर्ने एजेण्डालाई निर्वाचन अभियान प्रचारको मुख्य विषय बनाएको थियो।

दिल्ली सरकारको कार्यकाल फेब्रुअरी २२ मा सकिँदैछ। सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो।

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला