इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका हवाई अड्डा मिसाइल आक्रमण गरेको हो। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो। क्षेप्यास्त्र प्रहारबाट मानवीय क्षतिका सम्बन्धमा स्पष्ट पारिएको छैन् । अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्।

इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ।

‘हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ,’इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ।

 

 

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला