पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको  हो।

डन पत्रिका लेख्छस् “उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।” पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो। पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए। मुशर्रफ स्वाथ्य परीक्षणका क्रममा दुबईमा छन् । केही दिनअघि उनले भिडियो मार्फत आफ्नो स्वाथ्य खराब भएको भन्दै उपचारका लागि दुबइ जाने बताएका थिए । उनले जाँचबुझ आयोगलाई आफ्नो स्वास्थ्य अवस्था बारे बुझिदिन आग्रह गरेका थिए ।

संविधानको अपहेलना र गम्भीर देश द्रोहीको आरोपबारे मुशर्रफले ‘ आफूमाथि निराधार आरोप लगाइएको दाबी गर्दै आएका छन् । ‘देश द्रोहको कुरा छोडौं मैले देशको सेवा गर्नुका साथै युद्ध समेत लडेँ,दश वर्ष देशको सेवा गरेँ’ उनले बिबिसीसँग भनेका छन् । बिशेष अदालतका तीन सदस्यीय बेन्चले यो फैसला गरेको हो । फैसलाको पूर्णपाठ ४८ घण्टापछि आउने छ । 

मुशर्रफले भिडियो मार्फत संविधान अपहेलनाको विषयमा सुनावाइ नभएको बताएका थिए । उनले भनेका थिए ‘मेरा वकील सलमान सफदरको भनाइलाई अदालतले वेवास्था गरेको छ, आफूमाथि सरकारले अन्याय र ज्यादती गर्न खोजेको छ ।’

मुशर्रफका कानुनी सल्लाहकार टीमका एक सदस्यले फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले मिडियाकर्मीसँग कुरा गर्दै भने,‘मुसर्रफ देश फिर्ता हुन चाहन्छन् तर सरकार उनीमाथि अत्याचार गर्दै रोक्न खोज्दै छ । यो न्यायोचित छैन ।’      

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला