दिल्लीमा छ तले भवनमा आगलागी हुँदा ४३ जनाको मृत्य

          दिल्लीमा छ तले भवनमा आगलागी हुँदा ४३ जनाको मृत्य

दिल्ली/भारतको राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा मृत्यु हुनेहरूको सङ्ख्या ४३ पुगेको छ ।

दिल्लीको रानी झांसी रोडस्थित ६ तले भवनमा भएको आगलागीमा दर्जनौं मानिस घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुने अधिकांश मानिस यूपी र बिहारका छन् । घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०/१० लाख भारु प्रदान गरिने बताएका छन् । उनले दुखद घटनाको उद्धार कार्य जारी रहेको ट्वीट गरेर जानकारी दिएका छन् ।  

घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक/एक लाख राहत रकम दिने उनको भनाइ छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको  छ ।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ५६ जनालाई उद्धार गरेर उनीहरूको ज्यान जोगाइएको जानकारी दिएका छन्। उनका अनुसार उद्धार कार्य जारी छ। उनले भने, ‘साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्।

त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।’ घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। आगलागीको कारण खुलेको छैन । उक्त भवनमा प्लास्टिकका खेलौना बनाउने गरिएको बताइएको छ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला