कन्टेरनरभित्रका ३९ जनाको शव चिनियाँको

कन्टेरनरभित्रका ३९ जनाको शव चिनियाँको

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ ओटा शव चिनियाँहरू भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १.४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो। हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो।

रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्। एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो। वाटरग्लेड औद्योगिक क्षेत्रकोकन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको यसअघि नै पुष्टि भएको थियो ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दुःखद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका थिए। शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको थियो। र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ। उनीहरूको हत्या किन गरियो भन्ने बारे राष्ट्रिय अपराध अनुसन्धान विभागले घटनाबारे छानबिन गर्नका लागि अनुसन्धान अधिकृत त्यस क्षेत्रमा खटाएको जनाएको छ ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।

हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो। बिबिसी 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला