राराको छेउमा (कविता)

 राराको छेउमा (कविता)

मेरो राराको छेउमा

त्यो शान्त र शौम्य दृश्य

अनुपम उपहार प्रकृतिको

हिमालयको सजीव चित्र

लाग्छ अजीव र विचित्र

न त मौखिक वर्णन

न त शाब्दिक चित्रण

यसको बयान त असीमित छ

जो छ बिशाल छ

मनमोहक र सुन्दर छ

अदम्य र अटल छ !

मेरो मुगुको चिनारी

हिमालयको काखमा अटाएको

निस्फिक्री रमाएको

कहिले सिरसिर चलमलाँएको

कहिले शान्त र स्थिर

घना जङ्गलको बीचमा

जङ्गलको शोभा बढाउँदै

जंगलको मुटु हो भन्ने भान हुन्छ

चराहरुको चिरबीर आवाज

जङ्गली जनावरको उफ्राई

अनेक फूलहरुको सुवासना

हिमाली जडिबुटीहरुको सुगन्ध

आनन्दको अन्तिम सीमा

स्वर्णिम अनुभूतिको हद पार !

यो न त नदी झैं गडगडाउँछ

न त यसमा समुन्द्र माझैं मिसावट छ

स्वच्छ, सफा र निश्चलताले भरिएको

कति प्यारो कति लोभलाग्दो

हिमालयको शुद्ध गङ्गाजल

पिउनै पर्दैन यसलाई

हेरेरै प्यास मेटिन्छ

डुब्नै पर्दैन यसमा

स्पर्शले मात्र स्वर्ग भेटिन्छ !!

 

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला