‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

 ‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

एजेन्सी/चर्चित बलीवुड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा  निधन भएको छ ।  स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सरबाट पीडित थिए।

लन्डनमा उपचारपछि उनका स्वस्थ्यमा केही सुधार आएको थियो । त्यसपछि उनले फिल्म ‘अंगे्रजी मिडियम’को सुटिङ समेत गरेका थिए । यो नै उनको अन्तिम फिल्म बन्न पुग्यो ।

फिल्मका निर्देशक सुजित सरकारले ट्वीट गरेर इरफानको निधन भएको जानकारी गराएका छन् । उनले लेखेका थिए,‘मेरो असल साथी इरफान तिमी लड्यो,लड्यो,धेरै लड्यो,म तिमीप्रति सधैं गर्व गर्दछु, शान्ति,ओम शन्ति । इरफान खान तिमीलाई सलाम ।’

‘उनी त्यस्ता कलाकार हुन् जसले आफ्नो कलाकारिताको जादूले दर्शकहरूलाई आफ्नो बनाएका थिए’ भारतीय सञ्चार माध्यमले इरफानबारे टिप्पणी गरेका छन् । उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्।  शनिबारमात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन् ।

इरफानलाई सानैदेखि अभिनयमा रूची थियो । त्यसलै उनले फिल्ममात्र नभएर टिभी सोमा समेत काम गरेका थिए । चाणक्य,चन्द्रकान्ता र स्टार बेष्ट सेलर्स जस्ता धारावाहिक टेलिसिरियलको अभिनयपछि उनलाई लागि वलिउड फिल्म इन्डष्ट्रीको ढोका खुलेको थियो । त्यसपछि उनी हलिउड फिल्ममा समेत खेल्न पुगेको थियो । इरफानको पहिलो फिल्म ‘सलाम बाँम्बे’ हो  ।

उनको हिट फिल्ममा पान सिंह तोमार, द लन्च बोक्स, तलवार, मकबूल, लाइफ अफ पाई, जुर्‍यासिक पार्क, मुम्बई मेरी ज्यान, स्लमडग मिलिनियर,साहेब,बीवी र ग्याङस्टार रिटनर्स लगायत छन् ।

उनले एउटा राष्ट्रिय र तीन ओटा फिल्म फेयर अवार्ड जितेका थिए । सन् २०११ मा उनलाई पद्मश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।

इरफान मस्तिष्कमा हुने न्यूरोएन्ड्रोक्राइन ट्यूमरबाट पीडित थिए। दुई वर्षअघि उनको रोग निदान भएको थियो।

 

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला