टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको तयारी पूरा

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको तयारी पूरा

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ ।

बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन गरेर यस्तो जानकारी दिएको हो । ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाको तर्फबाट संयोजक ढुंगानाले नै विज्ञप्ति वाचन गरेका थिए । पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए । उक्त महोत्सवको उद्घाटनमामा नेपाल सरकारका उप–प्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

 प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् । उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने नै रहेको छ ।

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला