अमरवाणी संवाददाता/काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा निजी शिक्षालयका सञ्चालक खगेन्द्र अधिकारीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको जिल्ला निवासी अधिकारीलाई असार २ गतेको मन्त्रिपरिषद्को वैठकले परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । उनी विनायक कलेज अफ हेल्थ एण्ड साइन्सका प्रवन्ध सञ्चालक हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ । सिटीईभीटीका एक उच्च कर्मचारीले भने,‘परिषद्को विनियमावली विपरित अधिकारीलाई नियुक्त गरिएको छ ।’ परिषद्को विनयमावलीमा १५ वर्ष प्राविधिक शिक्षाको क्षेत्रमा काम गरेको हुनुपर्ने भनिएको छ । तर, अधिकारी सिटीईभीटीकै सम्वन्धनमा कलेज सञ्चालन गर्छन । यसले ‘स्वार्थ बाझिेने’ खतरा पनि छ उनले भने,‘भोलि परीक्षा चलाउने देखि निजी शिक्षालयको अनुगमनको नेतृत्व लिनु पर्ने हुन्छ ।’
प्रकाशित ६ असाढ २0७७ , शनिबार | 2020-06-20 02:53:53
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार