सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री ओली

  सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकको सिकाई निरन्तरता दिन वैकल्पिक कक्षा सञ्चालन गरिएकाले सबैलाई सहभागी हुन अनुरोध गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालनको उद्घाटन गर्दै प्रधानमन्त्रीले ओलीले वैकल्पिक कक्षामा सहभागी हुन आग्रह गरेका हुन् । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ प्रधानमन्त्रीले भने ।

सो अवसरमा प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरे । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ। करिब तीन महिना पुग्न लाग्दा पनि विद्यालय खोल्ने अवस्था नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाई गर्ने नीति अघि सारेको छ । यद्धपी विकट क्षेत्रका बालबालिकाका लागि यो चुनौतीपूर्ण हुने टिप्पणी गरिएका छन् ।  मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी सोमबार देखि पठन–पाठन सुरु गरेको हो।  

प्रधानमन्त्री ओलीले मुलुक बिग्रँदै पो छ कि रु मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि रु आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि रु कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताउनुभएको छ। सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ।

अप्ठ्यारोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै उहाँले भन्नुभयो, ‘आरोप लगाए जस्तो गफ हानेको होइन । ढुक्क रहौं मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला