काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयल सञ्चालकहरूले सामुदायिक विद्यालयलाई सहयोग गर्छु भन्दा त्यो लिन्न हुँदै हुन्न भन्न नमिल्ने जिकिर गरेका छन् ।
सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले सामुदायिक विद्यालय निजीलाई दिन नभई शैक्षिक गुणस्तर सुर्धान यस्तो सहयोग जुटाउन खोजिएको बताए । उनले भने,‘निजी क्षेत्रका व्यवसायीहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व भित्रको १ प्रतिशत रकम अन्यत्रै खर्च गर्नुहुन्छ । यदि अन्यत्र खर्च गर्नुहुन्छ भने त्यो सामुदायिक विद्यालयको पुर्वाधार निर्माणमा खर्च गर्दिनुहोस् भन्दा हामी एउटा एउटा विद्यालय लिएर गर्दिन्छौं भन्नु भएको छ । त्यो म लिन्न हुँदै हुन्न भन्ने ?’
डा. खतिवडाले थपे,‘यो सामुदायिक विद्यालय निजीलाई हस्तान्तरण गर्न खोजिएको होइन ।’ जेठ १५ गते बजेटको १६६ नम्बर बुँदामा सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने उल्लेख छ ।
उक्त बुँदामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समेत आइतबार प्रेस विज्ञप्ति मार्फत आफ्नो प्रस्ताव नभएको स्पष्ट पारेका छन् । सामुदायिकलाई निजीमा हस्तान्तरण गर्न खोजिएको भन्दै चौतर्फी विरोध भएपनि अर्थमन्त्रीले भने यसको वचावट गरेका छन् । उनले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्दै माध्यामिक शिक्षा राज्यको दायित्व भएको र यसलाई क्रमश निशुल्क अनिवार्य गर्दै जाने सरकारको प्रतिवद्धता रहेको बताए ।
प्रकाशित १९ जेठ २0७७ , सोमवार | 2020-06-01 01:15:26
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार