भर्च्युअल कक्षा सरकारको प्राथमिकता

भर्च्युअल कक्षा सरकारको प्राथमिकता

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमका बीच भर्च्युअल कक्षा सञ्‍चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजनमार्फत कक्षा सञ्‍चालन गर्ने तयारी अघि वढाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । शिक्षाका धेरै पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम,सामुदायिक विद्यालयका भौतिक संरचना सूधार,दिवा खाजा कार्यक्रम,साक्षरत अभियान जस्ता कार्यक्रम निरन्तर छन् ।  

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरेको छ । साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्‍चालन गरेर साक्षर नेपाल घोषणा गरिने छ ।

आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । १/१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा ७ अर्ब ५२ करोड विनियोजन गरेको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए ।

छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए । १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।  

गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्‍नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई मूलभूत शिक्षामा लैजााने भएको छ ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला