सिकाइ रुपान्तरणमा प्रश्न उठेकाले नयाँ ढंगको शिक्षक तालिम आवश्यकःडा.थपलिया

सिकाइ रुपान्तरणमा प्रश्न उठेकाले नयाँ ढंगको शिक्षक तालिम आवश्यकःडा.थपलिया

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइमा रुपान्तरणमा प्रश्न उठेकाले नयाँ ढंगको शिक्षक तालिम आवश्यक भएको बताएका छन् । बदलिदो परिस्थितीमा शिक्षक तालिम पुरानै शैलीमा चल्न नसक्ने भन्दै नयाँ परिवेश र चुनौतीसँग तालमेल खाने तालिम आवश्यक रहेको उनले औल्याए ।

शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको भर्चुअल अन्तरक्रिया ‘अबको शिक्षक तालिम कस्तो हुने’ मा महानिर्देशक थपलियाले तालिमको प्रभावकारिता विद्यार्थीको सिकाइमा रुपान्तरण भयो/भएन भनेर हेर्नुपर्ने बताए ।

तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । उनले भने,‘पहिलो, तालिम लिने शिक्षकले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिमको परिक्षा मूल्याङ्कन । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथो विद्यार्थीको सिकाइमा रुपान्तरण । शिक्षण व्यवहार र विद्यार्थीको सिकाइमा रुपान्तरमाथि प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको महानिर्देशक थपलियाले बताए ।

अहिले १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास गरान्छ । तालिम प्रभाव घट्दै जाँदा ‘तालिम’ शब्दप्रति नै नकारात्मक बुझाई हुन थालेपछि कार्यक्रमलाई शिक्षकको पेशागत विकास (टीपीडी) का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरिएको उल्लेख गर्दै महानिर्देशक थपलियाले भने,‘एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’

कोरोनाको कहरमा बालविकास कक्षादेखि १२ सम्मका ८२ लाख ५७ हजार विद्यार्थी लकडाउनमा छन् । उनीहरुका झण्डै ३ लाख शिक्षक पनि घरमै छन् । पठनपाठन ठप्प छ । यस्तो बेला खासगरी अनलाइन, रेडियो÷टिभी, एप्स तथा रेकर्डेड माध्यमबाट पठनपाठन गराउनुपर्ने बाध्यता आइसकेको स्थितिमा शिक्षकहरुले प्रविधि नजानेकै कारण कुनै शैक्षिक गतिविधी हुन सकेको छैन । त्यसैले शिक्षक तालिमको पुरानो ढर्रामा सुधारको खाँचो देखिएको हो ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले कोरोना कहरको यो बेला डाक्टर, प्रहरी अनि पत्रकार काममा खटिने तर, तीन लाख शिक्षक विदा मनाएर चुपचाप घरमा बसिरहन नमिल्ने बताए । अनलाइन, रेडियो÷टिभी, एप्स तथा रेकर्डेड माध्यमबाट केगरी पढाउन सकिने हो शिक्षक स्वयंलाई तालिम प्याकेज बनाउन दिनुपर्ने डा. कोइरालाको सुझाव छ । 

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा अनलाइनको पहुँच भएका ठाउँमा शिक्षक सक्रिय रहेको जानकारी दिए ।  एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न नमिल्ने उल्लेख गर्दै थापाले भने,‘पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका छैन । तर, शिक्षकको अवस्था पनि बुझ्नुपर्छ ।’

क्षिक तालिम केन्द्र बागमती प्रदेशका प्रमुख डा. तोयनाथ खनालले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिए । ‘त्यहीँ पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उनको प्रष्टोक्ति थियो । कार्यक्रममा

निलबाराही मावि काठामाडौंकी प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलले नभोकाइकनै शिक्षकलाई तालिम दिइएको दाबी गरिन् । ‘विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्ने र आवश्यकताका आधारमा विद्यालयले नै तालिम चाहिने शिक्षकलाई अवसर दिने गरि योजना बनाउनुपर्ने उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला