लकडाउन नखुलेसम्म सुदूरपश्चिमका विद्यालय सञ्चालन गर्न सक्दैनौःसामाजिक विकास मन्त्री सुवेदी

 लकडाउन नखुलेसम्म सुदूरपश्चिमका विद्यालय सञ्चालन गर्न सक्दैनौःसामाजिक विकास मन्त्री सुवेदी

काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउन नखुलेसम्म विद्यालय सञ्चालन गर्न नसकिने सुदूरपश्चिम प्रदेश सरकारले स्पष्ट पारेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विद्यमान अवस्थामा विद्यालय खोलेर पढाइ सञ्चालन गर्ने र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए ।

शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको भर्चुयल प्रेस मिटमा मन्त्री सुवेदीले यस्तो धारणा राखेका हुन् ।  

प्रदेशका १ सय १२ ओटा विद्यालयमा क्वारेन्टाइनमा करीव ३४ सय मानिस रहेकाले पनि अहिले विद्यालय खोल्ने अवस्था नरहेको मन्त्री सुवेदीले जानकारी दिए ।

बालबालिकको सिकाइ निकैदिन प्रभावित भएको छ,यस्तो अवस्थामा वैकल्पि माध्यमको उपयोग गर्ने बारे प्रदेशभरका ८८ ओटै स्थानीय तहका प्रशासकीय प्रमुख र शिक्षा प्रमुखसँग छलफल गरेको उनले जानकारी दिए । मन्त्री सुवेदीले भने,‘इन्टरनेटको पहुँच सबैतिर नभएका कारण अनलाइन प्रणालीमा जान सक्ने अवस्था छैन,तर स्थानीय एफएम,टिभीबाट वैकल्पिक सिकाइ अघि वढाउन पहल भइरहेको छ ।’

एसइई परीक्षा सञ्चालनबारे सोधिएको प्रश्नमा शिक्षा मन्त्रीलाई आफूले कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्याङ्कबाट गर्दा राम्रो हुने र १२ को परीक्षा मात्र राष्ट्रिय परीक्षा बोर्डले लिँदा उपयुक्त हुने सुझाव दिइसकेको मन्त्री सुवेदीले बताए ।

प्रदेश सरकारले शिक्षा र स्वस्थ्यलाई प्रथमिकतामा राखेको भन्दै गत वर्ष सामाजिक विकास मन्त्रालयको बजेटको ३७ प्रतिशत बजेट शिक्षा छुट्याइएको जानकारी दिँदै आगामी वर्ष पनि शिक्षामा बजेट वढाइने मन्त्री सुवेदीको भनाइ थियो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला