प्रकृति प्रेमी शिक्षा खोई ?

   प्रकृति प्रेमी शिक्षा खोई ?

भौतिक विज्ञानको विकास कारण प्राकृतिक विनासको उपज, आज के घर के समाज, पूरै बन्दाबन्दी अवस्थामा छ । एउटा जीवाणुसँग लड्न नसकेर विश्व अक्रान्त बनेको अवस्था मानव समक्ष खडा भएको छ । भाइरसले विकासको शिखर चुम्ने र निकै वैभवशाली ठान्ने राष्ट्रहरुको समेत निन्द्रा भङ्ग गरेको छ । तर, मानव अझै आफ्नो चिन्तन परिवर्तन गर्न सकिरहेको छैन,यो संसारमा सबै प्राणीहरुको अस्तित्व रहनुपर्छ । जीवहरुले स्वतन्त्रपूर्वक उन्मुक्त वातावरणमा रमाउन र बाँच्न पाउनुपर्छ ।  पृथ्वी चराचुरुङ्गीलगायत सम्पूर्ण जीवहरुको साझा भूमि हो । पृथ्वीलाई विकासका नाममा मान्छेले विनास मात्र गरेन नियन्त्रण समेत ग¥यो । त्यसैले आजको विषम परिस्थिति मान्छेले निम्त्याएको हो भन्दा अत्युक्ति नहोला । मानव मात्रको हित सोच्ने हाम्रो दर्शनले प्रकृतिलाई हित गर्न नसकेको परिणाम हो कोरोना भाइसर (कोभिड–१९) को जन्म ।  आफ्नो विनास हेर्न नसकेर नै समय– समयमा ठूल्ठूला महामारी र विपत्ति हुने गर्दछन् जुन प्रकृति आफैँ निम्त्याएको हो । त्यसको भागिदार मानवजाति हुन ।

जीवन भोगाई र दीर्घायूका लागि पूर्वीय दर्शन र सभ्यता नै उत्तम सावित भएको छ । पूर्वीय सभ्यतामा प्रचलित खानपान,योग,ध्यान,साधना,तपस्या तथा प्रकृतिसँग तादाम्य हुने हरेक कार्यलाई आधुनिक विज्ञानले जुन रुपमाले संरक्षण गर्नुपर्ने हो त्यसमा चुकेको छ । विज्ञानले मान्छेलाई विलासी होइन अल्छी पनि बनायो । फलतः मान्छेको विलासी जीवनशैलीका कारण आज मानवले प्राण घातक रोगको सामना गर्नु परेको छ । यही क्रम रहिरह्यो भने अझै कति दिन, महिना,वर्ष कष्टकर जीवन भोग्नुपर्ने हो त्यो हेर्ने बाँकी नै छ ।

नेपाल पृथ्वीको भू–स्वर्ग हो । हामीले यसलाई समृद्घ बनाउन थोरै मात्र प्रयत्न गरेको भए पक्कै पनि सक्ने थियाँ । कृषिलाई आधुनिकीकरण गरेर युवा विदेश पलायन रोक्न सकेको भए मात्र पनि देशले मुहार फेथ्र्यो । विदेशी मुद्रा भित्राउने नाममा आज झण्डै एक तिहाई जनसंख्या वैदेशिक रोजगारीमा छन् । देशले आप्mना नागरिकलाई जागिरे मानसिकताभन्दा माथि उठेर उद्योग, कलकारखाना, कृषि  एवं सीपमूलक व्यावसायमा आकर्षित गर्न सकेन । हरेक वर्ष ५ लाख ६० हजारभन्दा बढी युवायुवतीहरु श्रम बजारमा आउँछन् तर सरकारी एवं निजी क्षेत्रले जम्मा ६० हजारलाई पनि रोजगारी दिन सकेको अवस्था छैन । यी तथ्यांकले हाम्रो असफलता बोली रहेको छ ।

यति बेला  देश पूरै बन्दावन्दीमा छ । हुने खाने र हुँदा खानेहरु सबै घर बन्दी जीवन बिताउँदै छन् । अर्थतन्त्रको अवस्था के होला त्यस सम्बन्धी अर्थविद्हरुको चासो विश्लेषण र निकास आउँला । यही अर्थतन्त्रको कारण शिक्षाको अवस्था कस्तो होला ? त्यो सबैको चिन्ताको विषय बन्न पुगेको छ । कुल गार्हस्त उत्पनादनको ७ प्रतिशत रुसले शिक्षामा खर्च गर्दो रहेछ, भने अरु समृद्घ राष्ट्रहरुले कति गर्छन् होला । अनि नेपालले शिक्षामा गरेको लगानी पर्याप्त छ ? हाम्रो शिक्षा क्षेत्रमा उल्लेख्य सुधार हुन नसक्नु मुख्यतः मानिसहरुको आर्थिक,सामाजिक र अस्थिर राजनीतिको कारण नै हो । जवसम्म हरेक नागरिकले आफूलाई आवश्यक पर्ने गाँस, वास, कपास तथा स्वास्थ्य जस्ता कुराहरु सुरक्षित ठान्दैन । अर्थात आधारभूत कुराहरु पूरा नहुँदासम्म शिक्षाको विषयमा सोच्न पनि सक्दैन । तसर्थ सबैभन्दा पहिले मानवको जीवनस्तर उकास्नेतर्फ ध्यान दिनु जरुरी छ तबमात्र शिक्षामा सकारात्मक परिवर्तन सम्भव छ ।

नेपालको हालको तथ्याङकले के देखाउँदछ भने हरेक वर्ष कक्षा १ मा लगभग १५ लाख बालवालिका भर्ना हुन्छन् । ती बालवालिका मध्ये कक्षा १२ पढ्ने बेलासम्म आधाभन्दा वढीले विद्यालय बीचैमा छोडिसकेका हुन्छन् । यो देशमा दुई तिहाइ महिलाले बच्चाघरमै जन्माउँने र महँङ्गीका कारण ५०% विरामी अस्पताल नपुगी मर्ने गरेका छन् । दुई तिहाइको घरमा साँझको खाना पाक्दैन भने वालवालिकालाई शिक्षा कसरी दिने भन्ने ठूलो चुनैती अझै कायम छ ।

समृद्घ राष्ट्रको परिकल्पना गर्नका लागि सवैभन्दा पहिले शिक्षामा सुधार गर्न जरुरी छ । शिक्षामा सुधार गर्न नेतृत्व तहमा रहनेहरुको सोचमा परिवर्तन हुनुपर्छ । राज्यले माध्यामिक शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिइएको छ । शिक्षाको समुचित ब्यावस्थापन र सञ्चालन स्थानीय सरकारले गर्दाको परिणाम कस्तो हुन्छ हेर्न बाँकी नै छ ।‘शिक्षा सपारे सबै सप्रन्छ , शिक्षा बिगारे सबै बिग्रन्छ’ भन्ने चिन्तन गरेर स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिए पक्कै पनि शिक्षाको स्थर राम्रो हुन्छ । शिक्षाको स्थरसँगै परीक्षा प्रणालीमा सुधार  गर्न जरुरी छ । वर्षभरि अध्ययन गरेर ३ घण्टा परीक्षा लिंदा आउने परिणामलाई गुणस्तरीय वा गुणस्तरहिन भन्न मिल्दैन । त्यस्तो पद्घतिको परीक्षा प्रणालीले विद्यार्र्थीले आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई मूल्याङ्कन गर्न सक्दैन ।

विद्यार्थीलाई मानव वनाउन र उसमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न शिक्षा क्षेत्रमा थुप्रै सुधार गर्न जरुरी छ । घर,समाज र माटो चिन्ने अनुशासन युक्त जीवन जिउने, संस्कार युक्त शिक्षा, सीपमूलक शिक्षा,आजको आवश्यकता हो । राज्यले सामुदायिक विद्यालयहरुमा शिक्षकको उचित व्यवस्थापन साथै भौतिक पूर्वाधारमा पर्याप्त लगानी गर्न सक्नुपर्दछ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुमा अहिले लगभग ३०% विद्यार्र्थी अध्ययन गर्दछन् । सहरी क्षेत्रमा लगभग ८०% विद्यार्थीहरु संस्थागत विद्यालयहरुमा अध्ययनरत छन् । त्यसो हुँदा निजी क्षेत्रलाई पनि समेट्दै अगाडि बढेको खण्डमा यो देशका विद्यार्थीहरु पनि विश्व बजारमा सुविधा सम्पन्न विद्यालयमा पढेका विद्यार्थीहरुसँग खरो रुपमा  प्रतिस्पर्धामा उत्रन सक्दछन् ।

यो पवित्र भूमिमा जन्मिएका वालबालिकालाई उचित शिक्षा दिन सकियो भने समृद्घ नेपालको परिकल्पना गर्न सकिन्छ । प्रकृति र विज्ञान वीचको संम्वन्ध के हो भन्ने कुरा सिकाउन  अव ढिला गर्न हुदैन । पूर्वजको विरासत यो भ–ूस्वर्ग जोगाउन किताबी ज्ञानले मात्र पुग्दैन । पूर्वीय दर्शनले देखाएका मार्गमा पदचाप राख्न सक्ने हुनुपर्दछ । तबमात्र कुनै विपत्तिको सामना गर्नु पर्ने छैन । अन्त्यमा रुसोको प्रकितितर्फ भन्ने सिद्घान्तलाई अङ्गीकार गरी पूर्वीय दर्शनलाई आत्मसाथ गर्नु जरुरी छ । जसले गर्दा मानवलाई  ब्यवहारिक बन्न र प्रकृतिअनुसार जीवन जीउन सहज हुन्छ । फलतः प्राकृतिक विपत्ति निम्तिने सम्भावना कम हुन्छ । साथै प्राकृति विपत्तिलाई टार्न मान्छे सक्षम बन्दछ । त्यसैले प्रकृति र माटो सुहाउँदो जीवन उपयोगी शिक्षा भए मात्र जीवन सरल, सहज एवं.सार्थक बन्न सक्छ ।  

                    पराजुली एन प्याब्सन काठमाडौंका पूर्व अध्यक्ष हुन् ।

 

     

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला