कक्षा १२ को परीक्षा होम सेन्टरमा गर्ने र वैकल्पिक शैक्षिक सत्र चलाउनेःमन्त्री दुलाल

कक्षा १२ को परीक्षा होम सेन्टरमा गर्ने र वैकल्पिक शैक्षिक सत्र चलाउनेःमन्त्री दुलाल

काठमाडौं । बागमती प्रदेशले कक्षा १२ को परीक्षा लिने मात्र राष्ट्रिय परीक्षा वोर्डले लिन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई सुझाव दिएको छ । कोरोना भाइरसका कारण मुलुक संकटमा रहेकाले केन्द्रीय स्तरमा होम सेन्टर कायमगरी कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको भिडियो प्रेस मिटमा मन्त्री युवराज दुलालले भने ‘१२ कक्षाको जाँच अनिवार्य रुपमा लिनु पर्छ । अरु परीक्षा विद्यालयले यसअघि लिइएका परीक्षाका आधारमा अंक निर्धारण गर्दा हुन्छ ।’ कक्षा १२ उत्तीर्ण भएपछि विद्यार्थी विश्वविद्यालय तहमा प्रवेश गर्ने भएकाले यो परीक्षा अनिवार्य भएको मन्त्री दुलालले स्पष्ट पारे ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले जेठ मध्यसम्मा एसईई परीक्षा सञ्चालन गर्ने बताइरहँदा मन्त्री दुलालले प्रदेश सरकार त्यो पक्षमा नरहेको बताए । उनले भने,‘कक्षा १० र ११ को परीक्षा राष्ट्रिय रुपम लिन समय अनुकूल छैन,त्यसैले एक पटकका लागि वैकल्पिक व्यवस्था गर्न सकिन्छ ।’

 जोखिमका बेला बरु अध्यादेश ल्याएरै भएपनि शिक्षा ऐन संशोधन गरी एसइइ र कक्षा ११ का लागि विद्यालयहरुको आन्तरिक जाँचकै अंक जोडेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने व्यवस्था गर्न आफूहरूले शिक्षा मन्त्रालयलाई  सुझाव दिएको उनले जानकारी दिए ।

कोरोना संकट लकडाउन खुल्दैमा सकिने होइन,त्यसैले यस विषम परिस्थितीमा वैकल्पिक शैक्षिक सत्र सञ्चालन गर्नुपर्ने सुझाव मन्त्री दुलाले दिए । इन्टरनेटमा सबैको पहुँच छैन त्यसैले दूर सञ्चार सिकाइ आजको आवश्यकता हो । उनले भने,‘दूर शिक्षामा केन्द्र,प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक हुने र नदोहरिने गरि रेडियो,टिभी माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्छ ।’

सामन्य अवस्थामा जस्तो तोकेको कक्षा भार पूरा गर्नुपर्ने, सिकाइ स्तर यति पुग्नु भन्ने मापदण्ड अहिले व्यवहारिक नहुने तर्फ सबै सचेत रहेको दाबी मन्त्री दुलालको थियो ।

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला