पशुपति क्याम्पसको पुरस्कारमा पदाधिकारीकै हालीमुहाली

 पशुपति क्याम्पसको पुरस्कारमा पदाधिकारीकै हालीमुहाली

अमरवाणी संवाददाता/ काठमाडौं । पशुपति बहु्मुखी क्याम्पसमा उत्कृष्ट प्राध्यापकलाई दिनुपर्ने पुरस्कार तीन वर्षयता सहायक क्याम्पस प्रमुखत्रय र कार्यक्रम संयोजकलाई मिलाएर प्रदान गरिएका छ ।

कलेजले प्राध्यापकलाई थप उत्प्रेरणा मिलोस् भनेर हरेक वर्ष चार जना उत्कृष्ट प्राध्यापक (एक जना महिला समेत पर्ने गरी) छनोट गर्ने भनेपनि क्याम्पस प्रमुख प्रयागराज भट्टराईले त्यसविपरित पदाधिकारीलाई नै पुरस्कार सिफारिश गरेका हुन् । यसको प्राध्यापकहरूले विरोध गरेका छन् ।

पुरस्कृत हुने पदाधिकारीमा सहायक क्याम्पस प्रमुख चन्द्रप्रसाद पन्त, कल्याण दाहाल, फणीन्द्र आचार्य र बिहानी सत्रका संयोजक विनोदचन्द्र पन्त,बेलुकी सत्रका संयोजक हरिहर चापागाईं, व्यवस्थापन तह स्नातकोत्तरका संयोजक एवम् प्राध्यापक संघका सभापति मणिरत्न पराजुली, समाजशास्त्रका स्नातकोत्तर संयोजक दीपक पोख्रेल रहेका छन् ।

२०७३ सालदेखिको पुरस्कार आइतबार प्रतिनिधिसभाका सांसद एवम् कांग्रेसका चर्चित गगनकुमार थापाले ४० औं वार्षिकोत्सव कार्यक्रममा प्रदान गरे । प्राध्यापक तथा कर्मचारीलाई थप क्रियाशील बनाउनका लागि पुरस्कार स्थापना गरिएपनि मापदण्ड विपरित पदाधिकारीहरुले आफैंले आफैंलाई पुरस्कृत गरेका छन् । ‘यो राम्रो भएन राम्रोले पाउनुपर्ने पुरस्कार हाम्रोले पाए।’ एक प्राध्यापकले कार्यक्रम स्थालमै गुनासो पोखे ।

व्यवस्थापनका प्राध्यापक रामहरि कोइरालाले भने, ‘शिक्षकले पाउनुपर्ने पुरस्कार सहायक क्याम्पस प्रमुखले पाउनु राम्रो भएन ।’ व्यवस्थापन संकायका प्राध्यापक लालबहादुर बस्नेत पद भनेकै पुरस्कार भएको बताउँछन् । उनले भने, ‘पद भनेकै पुरस्कार हो । पुरस्कार त पदाधिकारीले लिनुभन्दा विशुद्ध शिक्षकलाई दिनुपर्छ ।’

पूर्व क्याम्पस प्रमुख एवम् क्याम्पस अनुगमन समितिका अध्यक्ष विष्णुप्रसाद पन्तले पुरस्कार वितरणको बचावट गर्दै भने, ‘सहायक क्याम्पस प्रमुख र संयोजकहरु पनि शिक्षक नै हुन् । उनीहरुले पाउनु अन्यथा भएन ।’ ‘सञ्चालक समितिमा क्यापस प्रमुखलाई मापदण्ड बमोजिम नै पुरस्कृत व्यक्तित्व छनोट भए/नभएको बारेमा सोधिएको थियो, उहाँले सोही बमोजिम भएको भनेपछि निर्णय गरियो,’ पन्तले भने ।

पुरस्कार वितरण समारोहमा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य तथा पशुपति बहुमुखी क्याम्पस स्ववियुका पूर्व उपसभापति इन्द्र भुसालले भने, ‘सहायक क्याम्पस प्रमुखहरु क्याम्पसको पदाधिकारी भएकाले आफैंले आफैंलाई पुरस्कृत गर्ने कुरा सुहाएन । उनले भने, ‘आगामी वर्षमा यो सुधार होस् ।’

प्रत्येक वर्ष फरक–फरक संकाय र विषयका प्राध्यापकलाई पुरस्कार दिनुपर्ने भए पनि क्याम्पसले भने एकै वर्षमा एउटै संकाय र विषयमाा दुई जना प्राध्यापकलाई पुरस्कृत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला