हिउँदे अधिवेशनमा शिक्षा सम्बन्धी तीन ओटा विधेयक ल्याइनेःमन्त्री पोखरेल

       हिउँदे अधिवेशनमा शिक्षा सम्बन्धी तीन ओटा विधेयक ल्याइनेःमन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षा सम्बन्धि तीन ओटा छुट्टा–छुट्टै विधेयक ल्याइने तयारी भइरहेको बताएका छन् । मन्त्री पोखरेलले नयाँ शिक्षा नीतिको मर्म बमोजिम विद्यालय तह, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि विधेयक ल्याइने बताए ।

मंगलबार शिक्षा पत्रकार समूहले काठमाडौंमा स्थानीय तहका राम्रा अभ्यास, अवसर तथा चुनौती विषयक कार्यक्रममा मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् । मन्त्री पोखरेलले संघ र स्थाीय सरकारबीचमा कुनै टकराव नरहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा समूहले देशभरका विभिन्न १३ ओटा स्थानीय तहमा भएका राम्रा अभ्यासबारे अध्ययन गरेर तयार गरिएको रिपोर्ट प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै समूहका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार राजन शर्माले राम्रा अभ्यास अन्य निकायका लागि सिकाइ सामग्री हुने बताए ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले स्थानीय स्तरमा भएका अभ्यासले आफूलाई आशावादी बनाएको बताए । ‘दुई वर्षमै मूल्याङ्कन गर्ने बेला भइसकेको छैन, आफू पुगेको धेरै स्थानमा राम्रा अभ्यास भेटेको,’उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले बालबिकास शिक्षाको जग भएकाले तलैबाट शिक्षा बलियो बनाउनु पर्ने बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्त दीपक शर्माले अध्ययन प्रतिवेदनले धेरै नौला अभ्यास पहिचान गरेको भन्दै यस्ता कार्य अन्यत्र पनि विस्तार गर्नुपर्ने बताए । उनले नयाँ संविधान आएपछि दुइ पल्ट संसदले शिक्षा ऐन संशोधन गरेको भन्दै यसमा दुविधामा पर्न नहुने बताए ।

कार्यक्रममा  चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले छोटो अवधिमा सार्वजनिक शिक्षा सुधारका लागि नयाँ कार्यक्रम सञ्चालन गरेको बताए । अब कोही पनि शिक्षाको अधिकारबाट वञ्चित नहुन भन्ने मान्यतामा रहेर आफूले काम गरेको उनले बताए ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पहिलेको तुलनामा शिक्षामा धेरै सुधार आएको दाबी गरे । थप सुधारका लागि कार्य योजना तर्जुमा गरी काम गरिरहेको उनको भनाइ थियो । राम्रो काम गरेका विद्यालय तथा व्यवस्थापन समितिमा हामीले कुनै हस्तक्षेप नगरेपनि सुधार्नुपर्नेमा केही अंकुश समेत लगाइएको उनले बताए । 

वाग्मती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले शैक्षिक विकासका लागि सरकारले जनप्रतिनिधीसँग छलफल नै नगरेको गुनासो गरे ।

कार्यक्रममा शिक्षक,अभिभावक,विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र पत्रकारले आ–आफ्नो धाराणा राखेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला