काठमाडौं । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजले आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ११ औं जन्मजयन्ती मनाएको छ । प्रत्येक वर्ष लक्ष्मीपूजाको दिन मनाइने महाकवि देवकोटा जयन्तीमा उनको साहित्य योगदानको चर्चा गर्दै मनाइने गरिन्छ ।
कलेजका अध्यक्ष डा.रामप्रसाद दाहालले कलेजले निरन्तर रुपमा देवकोटा जयन्ती मनउँदै आएको जानकारी दिए । उनले भने,‘सानै उमेरमा देवकाटाले अरुको तुलनामा थुप्रै र महत्वपूर्ण साहित्य सिर्जना गरेर नेपाली साहित्यमा उच्च योगदान पुर्याएकाले उहाँलाई महाकवि मानिएको हो ।’
कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ गीतकार रत्नशमशेर थापाले देवकोटा नेपाली साहित्यका विलक्षण व्यक्तित्व भएको टिप्पणी गरें । उनले भने,‘आफूले देवकोटासँग २२ दिन कक्षा लिएका थिए,उहाँको पढाउने शैली अरुको भन्दा फरक थियो ।’ कार्यक्रममा सर्जकहरू ज्ञानेन्द्र भट्टराई,विदुर पन्त,रामबहादुर पाहाडी,नीकिता कार्की लगायतले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
प्रकाशित ११ कार्त्तिक २0७६ , सोमवार | 2019-10-28 10:13:14
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार