काठमाडौं । उपकूलपति छनोट कमिटीले नाम सिफारिश गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय लगायत चार ओटा विश्वविद्यालयको नेतृत्व कायममूकायम (कामू) लाई दिइएको छ । उपचारका लागि सिंगापुर प्रस्थान गर्नु अघि विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले कार्यवाहकलाई नेतृत्व दिने निर्णय गरेका हुन् ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको अवधि शुक्रबारबाट सकिनेछ । सो पदमा रेक्टर सुधा त्रिपाठीलाई (कामू) उपकुलपतिको जिम्मेवारी दिइएको छ । त्यस्तै पूर्वाञ्चलको कार्यवहाक उपकुलपतिमा डिन बेजुकुमार थपलिया, नेपाल संस्कृत विश्वविद्यालका रेक्टर रमेश ढकाल र कृषिमा डिज शारदा थपलियालाई कार्यवाहक उपकुलपति बनाउने निर्णय भएको छ ।
उपकूलपतिको नाम छनोटमा सकस परेका कारण त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट कमिटीको म्याद भदौं २० गतेसम्मका लागि थप गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटिमा त्रिविका व्यवस्थापनका डिन प्रा.डा. डिल्लीराज शर्मा र प्रा कमल गुरागाईं सदस्य छन् ।
सत्तासिन नेकपा भित्र उपकूलपति कसलाई बनाउने भन्ने विषयमा मत बाझिएपछि समितिको म्याद थपिएको हो । प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री इश्वर पोखरेलले सिफारिश गरेका व्यक्ति मध्ये कसलाई नेतृत्व दिने चुनौती रहेको बताइन्छ । पोखरेलले प्रा.डा उपेन्द्र कोइरालाई उपकूलपति बनाउन लविङ गरिरहेका छन् । विश्वविद्यालयमा स्वतन्त्र प्राज्ञिक व्यक्तित्व उपकूलपति बन्नुपर्ने आवाज उठेपनि सरकार आफू निकट व्यक्तिलाई उपकूलपति बनाउने गुटको घेरबाट उम्किन सकेको छैन् ।
त्यस्तै पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयका उपकुलपछि छनोटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ ।
कृषि विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीम प्रसाद सुवेदी र शिक्षा सचिव दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ ।
प्रकाशित ५ भाद्र २0७६ , बिहिबार | 2019-08-22 12:08:08
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार