काठमान्डौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ ए टु नेपालको डिष्ट्रिक गभर्नरमा लायन केशव पाण्डे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नवौं अधिवेशनले सन् २०२१/०२२ का लागि पाण्डेलाई गभर्नरमा सर्वसम्मत चयन गरेको हो ।
डा.लायन सुशिला मल्लको अध्यक्षतामा सम्पन्न अधिवेशनले प्रथम भाइस गभर्नरमा लायन दिनेश श्रेष्ठ र द्धितिय भाइस गभर्नरमा लायन उत्तम झालाई चयन गरेको छ । त्यस्तै आइडि इन्डोर्समा लायन शम्भु घिमिरे सर्वसम्मत चयन भएका छन् भने क्लबको डिष्ट्रिक सचिवमा लायन शिव कुमार कटुवाल, कोषाध्यक्षमा लायन शेर बहादुर परियार चयन भएको क्लबले जानकारी दिएको छ ।
‘मोर ह्यान्डस मोर सर्भिस’ मा विश्वास गर्ने पाण्डे लायन वर्ष २०२१/०२२ लाई स्वर्णिम वर्ष बनाउनका लागि एकता र सहकार्यमा जोड दिनुहुन्छ ।
प्रकाशित १४ बैशाख २0७८ , मङ्गलबार | 2021-04-27 08:35:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार