पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा अवैध रकमअसुली

पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा अवैध  रकमअसुली

काभ्रे – पाँचखाल नगरपालिकाले कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग अवैध ढंगले कर असुली गर्ने गरेको पाइएको छ। नगरपालिकाद्वारा सञ्चालित माता सितादेवी कन्ट्रसन प्रालिले नगरपालिकाको गेटमै ढाट राखेर कर असुल्दा  पनि नगरप्रमुखको ध्यान पुगेको छैन् ।   समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक कर उठाउने ठेक्का स्थानीय सुवास पौडेलको माता सीतादेवी  कन्स्ट्रसनले पाएको छ ।

पाँचखाल नगरपालिका–१३ का गोपिकृष्ण थपलियाले नगरपालिका कार्यालय प्रवेश गर्दा जबरजस्ती कर तिरेका गुनासो गरे । नगरपालिका कार्यालयमा जानेभन्दा पनि मसँग ठेकेदारका कर्मचारीले जबरजस्ती २५ रुपैयाँ मागे, उनले भने। पाँचखाल १२ का धनबहादुर श्रेष्ठले पनि नगरपालिका कार्यालयमा जाँदा सवारी कर असुल गर्ने गरेको बताए। संवाददाता स्वयम् पालिका कार्यालयमा जाँदा कारको २५ रुपैयाँ असुल गरेर मात्र जान दिइयो।

‘म अनेकोट जाने होइन, नगरपालिका कार्यालयबाटै फर्किन्छु भन्दा पनि ठेकेदारका कर्मचारी त्यहाँ नगरपालिकाका कर्मचारीसँग पनि कर दिइन्छ, कर नदिई तपाई जान पाउनु हुन्न भन्दै गुण्डागर्दी शैलीमा अवैध रुपले रकम असुल गरियो,’ उनले भने। काठमाडौं चावहिल निवासी कुशकुमार ढकालले पाँचखाल नगरपालिका कार्यालयमा जाँदा सडक करका नाममा आफूसँग २५ रुपैयाँ असुल गरेको बताए।

ठेकेदार कम्पनीले दादागिरी शैलीमा टिपर एवम् लहरीलाई भ्याटसहित २२६ रुपयाँ,बस,ट्रक,हेभी ट्याक्टर र डोजरलाई ५६ रुपैयाँ ५० पैसा,भ्यान,माइक्रो,डि.आई,कार र ट्रिलरलाई २२ रुपैयाँ ६० पैसा र अटो रिक्सालाई ५ रुपैयाँ ६५ पैसा रकम तोकेको छ ।  अरनिको राजमार्गबाट झण्डै २ सय मिटरभित्र पाँचखाल नगरपालिकाको कार्यालय भवन छ। तर, ठेकेदार सुवास पौडेलले नगरपालिका कार्यालय प्रवेश मार्गमै ढाट राखेर पालिका कार्यालयमा मात्र सवारी साधन लिएर जाने व्यक्तिसँग पनि जबरजस्ती गुण्डागर्दी शैलीमा सडक करका नाममा रकम असुल गरिरहेका छन्।

जबकि समाज कल्याण–अनेकोट सडकखण्ड पालिका कार्यालयको पूर्व–दक्षिण भेगबाट मात्र शुरु हुन्छ। स्मरण रहोस्, अहिले नगरपालिका भवन बनेको स्थानमा नै विगतमा समाज कल्याण परिषदले असहाय एवम् अनाथ बालबालिकालाई आवास सुविधासहित शिक्षादिक्षाको व्यवस्था गरेको थियो। तर, अव्यवस्था र बेथितिका कारण वर्षौ पहिले त्यो संस्था बन्द भयो।

त्यसरी नगरपालिका कार्यालय प्रवेशद्वारमै ढाट राखेर पालिकासम्म आउने सेवाग्राहीसँग कर उठाउन दिएको सम्बन्धमा पाँचखाल नगरपालिकाकी राजश्व सहायक कुशमाया दनुवारसँग जिज्ञाशा राख्दा उनले भनिन्, ‘ठेक्का लगाउने बेलामा नगरपालिकाले स्थान तोकेर यहीँनेर ढाट राख्नुपर्छ भनेर ठाउँ नतोकेकाले ठेकेदार कम्पनीले चाहेको ठाउँमा ढाट राखेर सडक उपभोग कर उठाउन पाउँछ, त्यसमा हामीले हस्तक्षेप गर्ने कुरो छैन।’

जबकि, नगरपालिका परिषद्को पूर्व दक्षिणतर्फबाट शुरु भएर समाज कल्याण–अनेकोट सडक खण्ड शुरु हुन्छ। नियम हेर्ने हो भने नगरपालिकाको दक्षिण–पूर्व त्यही भागमा ढाट राखिनुपथ्र्यो। त्यसो नगरेर नगरपालिकाले ठेकेदार सुवास पौडेललाई नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग पनि अवैध रुपमा रकम असुली गर्न छुट दिएको प्रष्ट हुन्छ।

यसबारेमा मेयर महेश खरेलसँग जिज्ञाशा राख्दा उनले भने, ‘ढाट त कार्यालय प्रवेश मार्गमै राखेको छ, पालिका कार्यालयमा आउनेसँग पनि ठेकेदार कम्पनीले कर उठाइरहेको छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन, के रहेछ म बुझ्छु।’

कम्तिमा दैनिक दुई पटक मेयर आफै ओहोरदोहोर गर्ने त्यस मार्गमा ढाट राखेर पालिका कार्यालयमा मात्रै आउने सवारीसाधनसँग कर उठाइरहेको कुरा मेयर खरेलले चाल पाएकै छैन भन्ने कुरामा विश्वास गर्न कठिन छ।

तथापि उनको ध्यान त्यसतर्फ नपुगेर नै ठेकेदारले मनपरी ढंगबाट अवैध रुपमा नगरपालिकाका सेवाग्राहीसँग जबरजस्ती रकम उठाइरहेका हुन् भने त्यो ढाट पालिका कार्यालयबाट शुरु हुने अनेकोट सडकखण्डमा सारिसक्नु पर्ने थियो।

उपमेयर लक्ष्मी दनुवारले यस सम्बन्धमा केही पनि जानकारी नभएको बताइन्। उनलाई त ठेक्का कसले पाएको छ भन्नेसम्म थाह नभएको बताइन् । उनले भनिन्, ‘नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग ठेकेदारले किन जबरजस्ती कर असुल गरिरहेको छ, त्यसबारेमा म बुझ्छु।’

 

 

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला