काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको तथ्यांक अनुसार उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नेपालभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण हुँदा आधाभन्दा वढी उपत्यका भित्र संक्रमित देखिएका छन् । यसमा पनि संघीय राजधानी काठमाडौंमा सबैभन्दा वढी संक्रमित देखिएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयले काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ मा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हिन्दुहरुको महान चाड दशैमा भीडभाड वढ्ने भएकाले संक्रमणको जोखिम उच्च हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सकभर यात्रा नगर्न र गर्ने परे स्वास्थ्य सम्वन्धी मापदण्डको परिपालन गर्न अनुरोध गर्दै आएका छन् ।
प्रकाशित ३0 आश्विन २0७७ , शुक्रबार | 2020-10-16 11:21:26
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार