पोखरा । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । अझै चार जना बेपत्ता छन् ।
पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो ।
आइतबार बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको हो । स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पहिरोमा पुरिदा नौं जना वेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापा सहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र बिकको घरका दुई जना अहिलेपनि वेपत्ता रहेका छन् । रातीभर वर्षा भएकाले खोजी कार्य गर्न नसकिएको उनले बताए ।
प्रकाशित ३२ जेठ २0७७ , आइतबार | 2020-06-14 04:36:05
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार