रुकुम घटना वास्तविकता छानबिन गर्न समिति गठन,गृहमन्त्री भन्छन,‘दोषीमाथि कारबाही हुन्छ’

  रुकुम घटना वास्तविकता छानबिन गर्न समिति गठन,गृहमन्त्री भन्छन,‘दोषीमाथि कारबाही हुन्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुममा जेठ १० गते भएको घटना छानबिन गर्न ५ सदस्यीय छानबिन टोली गठन गरिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै मन्त्री थापाले घटनामा ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको जानकारी दिए । घटनाको सत्यतथ्य छानबिन गर्न गृहका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि र महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको गृहमन्त्रीले बताए ।

सासंदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले दोषी जोकोही भएपनि नछाडिने बताए ।

गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौजाहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौजाहारी पुगेका थिए ।

भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुँदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए । केटा पक्षको सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका ५ जनालाई अस्थायी प्रहरी पोष्ट राउत गाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौजाहारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

गत जेठ १० गते राति १० बजे नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको सोही दिन साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको, जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको थियो । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ ।

जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले बताए । नवराज विकसँगै गएका नवराज बुढाथोकीले बीच बाटोबाटै फर्किएको भनेर प्रहरीलाई जानकारी गराएको, घाइते सुदीप खड्काको उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

केटापक्षका १२ जनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई समान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाइएको छ । केटी पक्ष युवतीका बुवा वर्ष ४० का वीरबहादुर मल्ल र युवतीकी आमा प्रकाशी मल्ल, युवती सुष्मा मल्ल, डम्बरबहादुर मल्ल वडाध्यक्ष, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, रमेश मल्ल सहित १२ जनालाई अनुसन्धानका गर्न सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए।

 

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला