काठमाडौं । नेपाली महिलाहरूको आवाज संस्थाले लकडाउनका कारण समस्यमा परेका कागेश्वरी मनहरा नगरपालिकाका १३ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
संस्थाले लकडाउनका कारण समस्यामा परेका जनजाति,दलीत,एकल महिला र विपन्न परिवारलाई एक बोरो चामल,दाल, नून,तेल लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
संकटको बेलामा कहिकतैबाट सहयोग नपाएका परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सुमित्रा थापाले बताइन् । एउटा परिवारले छ दिनदेखि खाना नपाएको अवस्था थियो । त्यो परिवारलाई थोरै भएपनि संस्थाले राहत प्रदान गरेको छ ।
राहतका नाममा यति बेला सामाजिक सञ्जालमा फोटो हाल्ने होडबाजी नै चलेको छ । तर, अझै पनि वास्तविक पीडितले राहत नपाएको संस्थाको ठम्याई छ ।
अध्यक्ष थापा भन्छिन,‘यति बेला सक्नेले सहयोग गर्ने हो,महासंकटमा मानवीय भावना प्रकट गर्नु नै धर्म हो ।’नेपाली महिलाहरूको आवाजले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।
प्रकाशित ३१ बैशाख २0७७ , बुधबार | 2020-05-13 12:41:47
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार