संखुवासभा–काठमाडौं सेवा समाजले बाड्यो १ सय २९ परिवारलाई राहत वितरण

 संखुवासभा–काठमाडौं सेवा समाजले बाड्यो १ सय २९ परिवारलाई राहत वितरण

काठमाडौं । संखुवासभा–काठमाडौं सेवा समाजले संखुवासभाबाट काठमाडौं आएर बसेका विद्यार्थी,मजदूर र समस्यामा परेका १ सय २९ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका विद्यार्थी,मजदूर र जिल्लाबासीलाई सक्दो सहयोग गरिएको संस्थाका अध्यक्ष जीवन राईले बताए । साथै आगामाी दिनमा पनि राहत कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

संस्थाका सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य उत्तरबहादुर खड्काले पहिलो चरण अन्तर्गतको राहत वितरण कार्यक्रम चावहिल,कपन,जोरपाटी र मैतीदेवी आसपासको क्षेत्रमा गरिएको र अब अन्य क्षेत्रमा रहेका व्यक्तिहरूलाई राहत दिने योजना रहेको जानकारी दिए । साँच्चै समस्यामा पर्नु भएका संखुवासभावासीहरुको पहिचान र सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता खड्काले गरेको छन् ।

 

राहत वितरण कार्यक्रमको समन्वय  गरेका विज्ञान दाहालले संकटको यस घडीमा समस्यामा परेका विद्यार्थी र मजदूरहरुमा खाद्यान्न पुर्याउन सबै सहयोगी मनहरु एकजुट हुनु पर्ने बताए ।  

मृगौला रोगी संखुवासभा पाँचखपन नगपालिका– ७ निवासी मञ्जरा राईलाई आवश्यक खाद्यान्न लाजिम्पाटस्थित उनको डेरामै लगेर उपलब्ध गराइयो । संकटको यस घडीमा जिल्लावासीको नाताले गरेको यो गुण कहिल्यै नबिर्सने भन्दै उनले धन्यवाद दिनु भएको छ ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला