मुस्लिम समुदायको महान पर्व रमदान सुरू,घरमै धार्मिक गतिविधि गर्न अपील

    मुस्लिम समुदायको महान पर्व रमदान सुरू,घरमै धार्मिक गतिविधि गर्न अपील

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमदान आजदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

रमदानको महिनामा जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाज समेत सबै घरमै पढन् धर्मगुरु मौलानाहरूले निर्देशन दिएका छन् ।  रोजाको समयमा दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो ।

रमजानकै समयमा महानग्रन्थ कुरान अवतरण भएको मानिन्छ भने यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ । भएकाले दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो रमजान महिनाको अर्को विशेषता हो । यस पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने विश्वास गरिने भएकाले पनि यसलाई विशेष महत्वका साथ मनाउने चलन छ । यस पर्वमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने धार्मिक मान्यता  छ ।

एक महिना भर रोजा बस्दा कुलतमा लागेका व्यक्तिहरुको बानीमा पनि परिवर्तन आउन सक्ने जनविश्वास छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई मुसलमान समुदाय गौरव गर्ने गर्दछ । बालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन् ।

पछिल्लो समय महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यलाई घरमै बसेर गर्न सबै मुस्लिमहरुलाई अनुरोध गरेका छन् । विभिन्न जिल्लाका मुस्लिम धर्मगुरुले यसरी अनुरोधसहितको निर्देशन दिएका हुन् ।

मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीले घरभित्रै बसेर सबै परम्परागत तथा धार्मिक कार्यहरु गर्न अनुरोध गरेकी छन् ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला