करेन्ट लागेर दुईको मृत्यु, सात घाइते

करेन्ट लागेर दुईको मृत्यु, सात घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभएको छ ।

घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफ गर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा करेन्ट लागेर घाइते भएका सात जना मध्ये ३९ वर्षीय निर्ममाया तामाङ र २४ वर्षीय रुपक अर्यालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अन्य घाईतेहरु ५२ वर्षीय धनकुमारी तामाङ, ७० वर्षीय तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीय सानु तामाङ, ६३ वर्षीय ठूली तामाङका स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । रासस

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला