भारतको धार्चुलामा किरिया बसेका वासुदेवलाई नेपाल ल्याइयो

      भारतको धार्चुलामा किरिया बसेका वासुदेवलाई नेपाल ल्याइयो

काठमाडौं । लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्तर्गत धार्चुलामा आमाका किरियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको सहयोगमा उनलाई छ दिनपछि नेपाल ल्याइएको हो ।

गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएपछि सीमा बन्द भएका कारण आमाको क्रिया गर्न नेपाल आउन नपाएका भट्टलाई भारत र नेपालका प्रहरीको सहयोगमा आज दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर नेपाल प्रवेश गराइएको थियो । सीमामा आइपुगेर पनि नेपाल आउन नपाएपछि वासुदेव भारतको धार्चुला क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए ।

शैल्य शिखर नगरपालिका १ का भट्टले लकडाउनका कारण घर आउन नपाएपछि धार्चुलामै आमाको किरिया थालेका थिए । उनकी आमाको मंगलबार निधन भएको थियो। उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रशासनले उनलाई घर ल्याउन पहल गरेको हो ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला